
वैशाख १०, काठमाडौं । नेकपा (एमाले)का पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण केहि सांसदले नदिएको पाइएको छ । वैशाख ६ को बैठकको निर्णयअनुसार ओलीले सोधेको स्पष्टीकरण नदिएको पाइएको हो ।
शुक्रबार बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले स्पष्टीकरण नदिएका सांसदहरुबारे टिप्पणी गरेका थिए । उनले बैठकलाई जानकारी गराएअनुसार सांसदहरु योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपकप्रकाश भट्टले स्पष्टीकरण नदिएका हुन् ।
ओलीले सांसदहरु गणेश पहाडी र हिरा केसीले मुलधारमै रहने प्रतिबद्धता जनाएको पनि बैठकमा जानकारी गराएका थिए ।
शुक्रबारको बैठकमार्फत ओलीले नेता माधवकुमार नेपाल पक्षलाई ‘आउट’ गर्दै स्थायी कमिटी गठन गरेका छन् । साथै कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गर्ने सांसदहरुलाई पार्टी र सांसदबाट निष्कासन गर्ने निर्णय पनि गराएका छन् ।
सम्बन्धित समाचार
कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय
माधव पक्षलाई नराखी ओलीले घोषणा गरे स्थायी कमिटी, को–को परे ? (सूचीसहित)
वि.सं.२०७८ वैशाख १० शुक्रवार १४:३३ मा प्रकाशित