back

हावाहुरीले जिल्लामा करीब दुई करोड बराबरको क्षति

वि.सं.२०७८ वैशाख १० शुक्रवार

306 

shares
GLOBAL IME AD
NTC AD

१० बैशाख, झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।

कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए। उनका अनुसार घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका–७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरणअन्तर्गतको दुर्गा माता कोलाखेती तथा कृषि फार्मले सञ्चालन गरेको केरा ब्लकका २०० बोट केरा भाँचिएका छन् ।

उनले हावाहुरीले करीब रु ५० लाख बराबरको केराको बोट नष्ट भएको बताए। मकै जोनअन्तर्गत खेती गरिरहेका किसान हावाहुरीले दाना लाग्न थालेको मकै नष्ट गरेपछि चिन्तित बनेका छन् ।

जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको तरकारी बाली र फलफूलसमेत नष्ट भएको उनका भनाइ छ । आँप र लिचीका हाँगा भाँच्चिनुका साथै चिचिला प्रायः सबै झरेका छन् ।
रासस

वि.सं.२०७८ वैशाख १० शुक्रवार १४:४१ मा प्रकाशित

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनिर प्रमोद

इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा...

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको...

सिरक डसना बनाएर मनग्य आम्दानी गर्दै भारतिय नागरिक लतिफ

सिरक डसना बनाएर मनग्य आम्दानी गर्दै भारतिय नागरिक लतिफ

बेलबारी (मोरङ) । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले...

कांग्रेसद्वारा सभापति थापामाथिको आक्रमणको निन्दा र भर्त्सना

कांग्रेसद्वारा सभापति थापामाथिको आक्रमणको निन्दा र भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय...

झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

बनियानी (झापा) । नवीनतम् प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...