
वैशाख १४, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले दैलेखमा पनि समानान्तर कमिटी घोषणा गरेको छ । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्दैै भौतिक पूर्वाधार मन्त्री बनेका अम्मरबहादुर थापाको सहभागितामा सोमबार दैलेख कमिटीको घोषणा भएको हो ।
माधव समूहले नेता बरुनाथ योगीलाई जिल्ला संयोजक बनाएको छ । समूहले योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
माधव समूहले एमालेको जिल्ला कमिटीको बहुमत पक्ष आफुँतिर रहेको बताउँदै आधिकारिक एमालेलाई अगाडि बढाउन कमिटी घोषणा गरेको बतायो । समूहले समानान्तर कमिटी बनाएको नभई पार्टी कमिटीलाई पुनर्गठन गरेको बताएको छ ।