back

उपभोत्तामा अभावको सन्त्रास, उद्योगमा ग्यास भरिभराउ

वि.सं.२०७८ वैशाख १४ मंगलवार

321 

shares
GLOBAL IME AD
NTC AD

१४ बैशाख, काठमाडौं। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासनले आगामी बैशाख १६ देखि निषेधाज्ञा लगाउने भनेसँगै ग्यास डिपोमा भिड लाग्न थालेको छ । उपभोत्तामा निषेधाज्ञा लम्बिदै जादा ग्यासको अभाव हुने सन्त्रासका कारण यस्तो अवस्था सृजना भएको छ ।

तर, ग्यास उद्योग संघ भने उपत्यकामा ग्यासको अभाव नहुने बताउछ । ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार उपभोत्ताले आतिएर ग्यास भण्डार गर्नुपर्ने अवस्था छैन् । निषेधाज्ञाको समयमा होटल, रिष्टुरेन्ट जस्ता बढि ग्यास खपत गर्ने क्षेत्र बन्द रहने हुदा उपभोत्ता आतिनुपर्ने अवस्था नरहेको उनले बताए ।

आयल निगमका अनुसार गत मार्चमा मात्रै भारतबाट ४७ हजार टन ग्यास आयात भएको छ । आयातको हिसाबले यो अहिलेसम्मकै बढि हो त्यसैले पनि उपभोत्ता आतिनुपर्ने अवस्था छैन् ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार भारतमा कोरोना संक्रमण बढेपनि ग्यास आयातमा समस्या नभएको र कुनैपनि प्लान्ट बन्द नभएकाले हल्लाको पछि लाग्नुपर्ने अवस्था छैन् । उनका अनुसार आयतको तुलनमा खपतकम भएकोले आतिनुपर्ने अवस्था छैन् ।

 हल्लाको पछि लागेर उपभोक्ताले ग्यास स्टक राख्न खोज्दा ग्यास व्यवसायीलाई भने लटरी लागेको छ । उद्योगहरु राम्रो सँग संचालनमा नआउदा ग्यास बिक्री नभएर चिन्तित रहेका ग्यास व्यवसायीहरु हल्लाका कारण व्यापार बढ्दा केहि सहज महशुस गरिरहेका छन् ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १६:०४ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...