
१५ बैशाख, काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँचपोखरी थाङपाल गाउँपालिका रीपार क्षेत्रमा लागेको डढेलाे अजै नियन्त्रणमा आउन सकेको छैन् । डढेलाे नियन्त्रणमा नआउदा स्थानिय र सरोकारवालामा गाउपालिकाले साथ सहयोगको लागि अपिल गरेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको रीपार क्षेत्रमा बिगत पाँच दिनदेखि लागेको डढेलाे अजै नियन्त्रण गर्न सकिएको छैन् । स्थानिय पेमा सिंगी तामाङका अनुसार डढेलाे नियन्त्रणका लागि निकुञ्जको सुरक्षारथ खटिएका नेपाली सेना र स्थानियले प्रयास गरेपनि अझै नियन्त्रणमा आउन सकेको छैन् ।
डढेलाे नियन्त्रण भन्दा बाहिर गएपछि गाँउपालिका अध्यक्ष टासी लामाले सम्पूर्ण सरोकारवाल निकायसँग सहयोगको लागि अपिल गरेका छन् । साथै उनले डढेलाेबाट हुनसक्ने मानव क्षतिबाट सबै सचेत रहन आग्रह गरेका छन् ।