
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो इन्डोक्राइन ट्युमरको शल्यक्रिया काठमाडौंस्थित वीर अस्पतालमा हुने भएको छ ।
डा. भट्टराइका स्वकिय सचिव विश्वदिप पाण्डेका अनुसार काठमाडौंस्थित वीर अस्पतालमा डा। सुबोध अधिकारीको नेतृत्वको टोलीले डा. भट्टराइको सल्यक्रिया गर्नेछ । भट्टराई आजै अस्पताल भर्ना हुने र शल्यक्रिया वैशाख १७ गते पाण्डेको भनाइ छ ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा भट्टराईको स्वास्थ्य परीक्षण भएको थियो । बायोप्सी, डीओटीए एनओसी परीक्षण, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएकथिए । शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो ।
चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।
फाइल तस्विर