Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

रुपन्देहीमा थप तीन कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु



१६ बैशाख, काठमाडौं । रुपन्देहीमा उपचारका क्रममा तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा आज बिहान तीनजनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा बुटवलकार ३१ र ३६ वर्षीय २ पुरुष र मायादेवी गाउँपालिकाकी ७२ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

मृत्यु हुनेमध्ये बुटवलका ३१ वर्षीय पुरुषमा ८ गते कोरोना संक्रमण पृष्टि भएको थियो भने अर्का ६६ वर्षीय पुरुषमा बैशाख ९ गते र ७२ वर्षीया महिलामा बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । आज थपिएका तीनजनासँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।

हाल कोरोना विशेष अस्पतालमा १२ जनाको आइसीयुमा उपचार भइरहेको पनि सूचना अधिकारी गौतमले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा