
१६ बैशाख,काठमाडौं । भारतमा बुधबार ३ लाख ७९ हजार जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार सोहि अवधिमा ३ हजार ६४६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी सोहि अवधिमा संक्रमित मध्ये २ लाख ७० हजार जना निको भएर घर फर्किएका छन् ।
भारतमा हालसम्म १ करोड ८३ लाखमा कोरोना संक्रमण भएको छ । ती मध्ये १ करोड ५० लाख निको भएका छन् भने २ लाख ४ हजारले ज्यान गुमाइसकेका छन् ।
हाल भारतमा ३० लाख ७७ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ ।
भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा बुधबार ६३ हजार ३०९ जना नयाँ संक्रमित थपिएका छन् । सोहि अवधिमा ६१ हजार १८१ जना निको भएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महाराष्ट्रमा बुधबार १ हजार ३४ जनाको निधन भएको छ । राज्यमा हालसम्म ४४ लाख ७३ हजार जनामा कोरोना संक्रमण भइसकेको छ । ती मध्ये ३७ लाख ३० हजार जना निको भइसकेका छन् ।
महाराष्ट्रमा हालसम्म ६७ हजार २१४ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ७३ हजार ४८१ जनाको उपचार भइरहेको बताइएको छ ।
त्यस्तै दिल्लीमा बुधबार २५ हजार ९८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा २० हजार ४५८ जना निको भएका छन् भने ३६८ जना संक्रमितले ज्यान गुमाएका छन् ।
दिल्लीमा हालसम्म १० लाख ७२ जनामा कोरोना संक्रमण भएको छ भने ती मध्ये ९ लाख ३९ हजार निको भइसकेका छन् ।
त्यस्तै हालसम्म दिल्लीमा १४ हजार ६१६ जनाको निधन भएको छ भने ९९ हजार ७५२ जना संक्रिय संक्रमितको उपचार भइरहेको बताइएको छ ।