-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

निषेधाज्ञाको पहिलो दिन नेप्सेमा दोहोरो अकंको वृद्धि, यी कम्पनीका लगानीकर्ताले उच्च अकंले कमाए



१६ वैशाख, काठमाडौँ । निषेधाज्ञाको पहिलो दिन शेयर बजार (नेप्से) मा दोहोरो अकंको वृद्धि आएको छ । आज नेप्से २५ दशमलब ८२ अकंले बढेर २६११ दशमलब ११ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ९१ अकंले बढेर ४६९ दशमलब ०३ अकंमा पुगेको छ ।

आज बैकिङ्ग, विकास बैंक, जलविद्यृत, फाइनान्स, निर्जीवन बीमा, वित्त कम्पनी, अन्य, जीवन बिमा, उत्पादन मूलक, सामुहिक लगानी कोष, व्यापारको सूचक बढेको छ । ति बाहेक होटल्स पर्यटन तथा लगानी श्रेत्रका कम्पनीको मुल्य घटेको छ ।

आज कुल सूचिकृतमध्ये २१७ कम्पनीको ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४८ रुपैंया बराबरको ९८ लाख १८ हजार ०४६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५० हजार ६ सय ७३ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा एनसीसी बैंक, शिवम सिमेन्ट, हिमालय पार्वर पाटर्नर, अपर तामाकोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एनसीसी बैंक, अरुण भ्याली हाईड्रोपावर, हिमालयन पावर पाटर्नर, सानिमा इक्विटी फण्ड, लक्ष्मी इक्विटी फण्ड लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजारमा दोहोरो अकंको वृद्दि आउदाँ महिला लघुवित्त कम्पनीका लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका छन । त्यस्तै सिंगटी हाइड्रोपावर, विशाल बजार कम्पनी, सान्जेन जलविघृत, एनआरएन, इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लगायतका कम्पनीका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन । आज सबै भन्दा धेरै गुमाउनेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, नेपाल हाइड्रो एण्ड डेभल्पर्स, युनिलिभर नेपाल लगायतका कम्पनीमा लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा १३९ कम्पनी लागनीकर्ताले कमाउदाँ ३२ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने १२ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको