-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

अस्पतालको शैथ्याबाट डा भट्टराईले भने–दक्ष चिकित्सकको सद्प्रयासले स्वास्थ्यलाभ हुनेछ



१६ बैशाख, काठमाडौं । पूर्वप्रधामन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सद्प्रयासले छिट्टै स्वास्थ्यलाभ हुने विश्वास व्यक्त गरेका छन् ।

पेटको न्युरो–इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि बिहीबार वीर अस्पताल भर्ना भएका डा. भट्टराईले केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहेपनि कोरोनाको दोश्रो लहरसंग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न सबै सफल हुन सकिन्छ भन्ने कामना समेत गरेका छन् ।

‘पेटको न्युरो–इन्डोक्राइन ट्यूमरको शल्यक्रियाका लागि वीर अस्पताल भर्ना भएको छु । दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सद्प्रयास र सबैको सद्भावले स्वास्थ्यलाभ हुनेनै छ । केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ–कोरोनाको दोश्रो लहरसंग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं !’

डा. भट्टराईको भोली डा. सुवोध अधिकारीको टिमले शल्यक्रिया गर्नेछ । file photo

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा