Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (शुक्रबार) को राशिफल भन्छ–आज यी राशिकालाई हुनेछ विशेष लाभ !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूका लागि समय खर्चनुपर्ला । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । साँझतिर अरूका लागि बुद्धि खर्चनुपर्ला । समय लागे पनि प्रयत्न गर्दा काम बन्नेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति अनुकूल रहे पनि काममा बढी समय लाग्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ । साँझतिर भने अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । परिस्थितिवश अवसरबाट भने वञ्चित भइएला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । साँझतिर स्थितिमा सुधार आउनेछ भने रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम पनि सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन समेत कसिलो हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । साँझतिर प्रतिस्पर्धा गर्नुपरे पनि दिगो फाइदा हुने काम सम्पादन हुनेछ । तर हल्लाको पछि लाग्दा दुःख पाइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काम दोहोर्याउनुपरे पनि दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले कर्मयोग सबल हुनेछ । कृषि तथा पशुधनले फाइदा दिलाउनेछ । साँझदेखि पहिलेका कमजोरी सुधार गर्ने मौका छ । महत्त्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । साँझदेखि स्थितिमा सुधार आउनाले आँटेको काम बन्नेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ । पशुधन र जमिनबाट लाभ उठाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले मानसम्मान दिलाउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । साँझतिर प्रतिस्पर्धी बढ्नेछन् भने सहयोगीहरू टाढिन सक्छन् । अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । नियमित कामले पनि आम्दानी बढ्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । साथीभाइको निम्तो आउनाले यात्रा हुन सक्छ । साँझतिर रमाइलो जमघट र खानपानको आनन्द प्राप्त हुनेछ । पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । नयाँ अवसरले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । तर सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन केही समय लाग्नेछ। साँझतिर खर्चिलो काम गर्नुपर्ने स्थिति आउन सक्छ । साथै, रकम जुटाउँदा ऋणभार पनि बढ्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा विशेष जिम्मेवारी प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रयत्न गर्दा नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । आँटेको काम बन्नेछ । साँझदेखि प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ । व्यवसायले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ ।

२०७८ वैशाख १७ गते, शुक्रवार, (३० अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज विहीबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेद्धारा आयोजित एभरेष्ट कप फुटवल २०२२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको