१७ बैशाख, नवलपरासी । घरायसी झगडामा श्रीमतीको हत्या गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३० वर्षीया सलन्ती हरिजनको हत्या गरेको अभियोगमा प्रतापपुर गाउँपालिका–४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई प्रहरीले पक्राउ गरेका हुन् ।
घरायसी बिषयमा उनीहरूबिच झै–झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएको र उनको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।