
वैशाख १७, काठमाडौं । लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्व अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । प्रदेशसभाले चार सांसदलाई निष्कासन गरेको भोलिपल्टै उनी आयोग पुगेका हुन् ।
यसअघि ठाकुरले चार सांसदलाई पार्टीले कारबाही नगरेको भन्दै विज्ञप्ती निकालेका थिए । ठाकुरले निर्वाचन आयोगलाई २०७७ पुस ७ पछि पार्टीको कार्यकारिणी समितिको बैठक नबसेको र कारबाही निर्णय नभएको बताएका छन् ।
उनले निर्वाचन आयोगलाई दिएको पत्रमा उक्त कारबाही गैरकानूनी र अवैध भएको भन्दै अगाडि नबढाउन माग गरिएको छ ।
यता निर्वाचन आयोले भने कारबाही रोक्ने क्षेत्राधिकार आफुँसँग नभएको बताएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कारबाही गरेको जानकारी आयोगलाई प्रदेशसभाले दिनेमात्रै हो तर निर्णय गर्ने होइन् ।
बिहिबार जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले लुम्बिनी प्रदेशका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उनीहरु चारै जना पार्टीको संसदीय दलको निर्णय विपरित प्रदेश सरकारमा सहभागी भएका थिए ।
सम्बन्धित समाचार
फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?
जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद
ओलीसँग नजिक हुँदै जसपा, के सरकारमा सहभागी होला ?