१७ बैशाख, दिल्ली । भारतमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएपछि सबै क्षेत्रका मानिसहरु त्रसित बनेका छन् ।
दिल्लीमा लकडाउनका बाबजुद पनि दिनहुँ बढेको कोरोना संक्रमणका कारण मानिसहरु उपचार नपाएर भौतारिँदै मृत्युवरण गर्नुपर्ने अवस्था तिब्ररुपमा बढी रहेको छ ।
दिल्लीको उच्च अदालतमा शुक्रबार कोरोना भाइरसको विषयमा सुनुवाइ भइरहेको बेला स्टेट बार काउन्सीलका अध्यक्ष तथा वरिष्ठ वकिल रमेश गुप्ता रोएका थिए ।
उनले काउन्सीलका धेरै सदस्यहरु कोरोना संक्रमित भएको र उनीहरुले अक्सिजन सिलिन्डर नपाएमा मनुपर्ने अवस्था आएको भन्दै फोन आएको बताउँदै गुप्ता रोएका थिए । ‘काउन्सीलका सदस्यहरुको फोन आइरहेको छ । उनीहरु अक्सिजन सिलिण्डर नपाएमा मर्ने अवस्था आउँछ,’ उनले भने ।
वकिल गुप्ताले बार काउन्सीलका सदस्यका लागि आइसीयू बेडसहितको छु्ट्टै अस्पतालको माग समेत गरेका छन् । उनले मानिसहरु भ्याक्सिन लगाउन नपाएको, अक्सिजनको कमि भएको तथा औषधि उपचार विना मरिरहेको बताए । उनले सरकारसँग सेनालाई यस काममा सहभागी गराउन किन सकिएको छैन ? भन्ने प्रश्न समेत गरेका पनि भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनको यो पीडा भरिएको रोदनपछि उच्च अदालतले भन्यो–हामी तपाईहरुको पीडा बुझ्छौं तर कसैले यो सोचेको थिएन कि कोरोना भाइरसका कारण यति नराम्रो दिन आउँछ भन्ने ।’
दिल्लीमा विहिबार २४ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा २५ हजार ६१५ जना निको भएका छन् । दिल्लीमा पनि विहीबार संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी रहेको छ । साथै सोहि अवधिमा ३९५ जनाको मृत्यु भएको छ ।
दिल्लीमा हालसम्म ११ लाख २२ हजारमा कोरोना संक्रमण भएको छ । ती मध्ये १० लाख ८ हजार निको भइसकेका छन् । साथै ९७ हजार ९७७ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
दिल्लीमा हालसम्म १५ हजार ७७२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । ती मध्ये १० लाख ८ हजार निको भइसकेका छन् । साथै ९७ हजार ९७७ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ । दिल्लीमा हालसम्म १५ हजार ७७२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
भारतमा २४ घण्टामा थपिए ३ लाख ८६ हजार कोरोना संक्रमित, ३५ सय बढीको मृत्यु
वि.सं.२०७८ वैशाख १७ शुक्रवार १६:०४ मा प्रकाशित