back

हेटौँडा अस्पतालमा भेन्टिलेटर र आइसियू कक्षको शुभारम्भ

वि.सं.२०७८ वैशाख १७ शुक्रवार

291 

shares
GLOBAL IME AD
NTC AD

१७ बैशाख, मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापना गरिएको कोभिड–१९ को सङ्क्रमण भएका बिरामीलाई उपचार गर्ने सघन उपचारकक्ष आइसियू र भेन्टिलेटर कक्षको आज शुभारम्भ गरेका छन् ।

उक्त उपचार कक्षमा आज दिउँसो १ः०० बजेबाट बिरामी भर्ना गरी उपचार सेवालाई निरन्तरता दिइने अस्पतालले जनाएको छ । मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि राखिने क्यारेन्टिन कक्षको पनि आजै अनुगमन गरे। उक्त कक्षमा १२० श्ययाको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमित बिरामीलाई तत्काल उपचार गर्ने आइसियू, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मी उच्च प्राथमिकताका साथ उपलब्ध गराइ तथा उपचार सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाउन चिकित्सकलाई निर्देशन दिए ।

उक्त प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालको परिसरभित्र छुट्टै कक्षको व्यवस्थापन गरी आइसियूतर्फ १६ श्यया र भेन्टिलेटरतर्फ छ श्ययाको स्थापना गरिएको डा सागर काफ्लेले बताए। उनका अनुसार यसअघि नै सो अस्पतालको कक्षमा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचार गर्न १० आइसियू श्ययाको स्थापना गरी ती बिरामीलाई चिकित्सकद्वारा उपचार सेवा प्रदान गरिरहेको उल्लेख गरे ।
रासस

वि.सं.२०७८ वैशाख १७ शुक्रवार १६:३९ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो...