
१
आफै सिकार गरेर काँचो मासु खाँदा रमाएको हुन्छ
जंगलको राजाको रुपमा आफ्नो नाम कमाएको हुन्छ
कुनै पूर्व निर्धारित बासस्थान हुँदैन जंगल राज सिँहको !
जहाँ बस्छ वहि राम्रोसंग आफ्नो आसन जमाएको हुन्छ ।
२
सर्ल्लक्को मान्छेलाई पनि स्वाँस फुस्के पछि लास भन्छन्
दाजुभाइ र छिमेकी मिलेर पुर्नका लागि खाल्टो खन्छन्
जिउँदो छदाँ जिउमा भएका बसाउने सद्दे कपडाहरू पनि !
प्राण पखेरू पछि केतुकी घारिमा फालिने कुसेत्रो बन्छन् ।
३
आत्मबल कमजोर हुनेहरू आशिर्वाद केन्द्रको गाथा गाउँछन्
लुकिछिपी जस्केलो ढोकाबाट छिरेर एकेडेमी धाउँछन्
माहाकाव्यकारहरू साहित्यिक सिर्जनामा तल्लिन छन् के रे !
रचना चोर्नेहरुले विद्याभुषण, अलंकार र तक्मा पाउँछन् ।
४
भाका मिलाउन कस्तो गा¥हो हुन्छ,गीत गाउनेलाई थाहा हुन्छ
सुत्केरिको प्रशव पीडा कस्तो हुन्छ,बच्चा पाउनेलाई थाहा हुन्छ
वेदना र बहहरू आ–आफ्नै तरिकाका हुन्छ्न् मित्र हो !
जुत्ताको डसाई कस्तो हुन्छ,पयरमा लाउनेलाई थाहा हुन्छ !
५
सच्चा चेलाचेलीहरू गुरू देखेर शीर झुकाउँछन्
अतितका स्कुले यादहरूको सप्पै पोको फुकाउँछन्
कोहि त पढेलेखेर पनि यति सडेका छन् कि यहाँका !
नमस्ते पनि बढी होला कि झैँ गरेर अन्तै मुन्टो लुकाउँछन् ।