-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता: मिलन समीर मुर्दावाद !



मिलन समीरले सुनिरहेको छ,
जे सुनिरहेको छ–वर्षौंदेखि
भित्ताको पनि कान हुन्छ भन्ने कुरै बिर्सिएर
हामीले एकापसमा कानेखुसी गर्दै जे बोलिरहेका छौँ
त्यही यथार्थ सुनिरहेको छ–अहिलेसम्म
उसले यथार्थ सुनिरहेकै कारण
हाम्रा योजनाहरुले पुरै हावा खाइरहेका छन्
सबैले उल्टो हामीलाई नै दोष लाइरहेका छन्
कि मिलन समीरको सुनाइ सदैव मन्द हुनुपर्छ
होइन भने मिलन समीरको सुनाइ
सधैंका लागि बन्द हुनुपर्छ
त्यसैले आउ मेरो आदेश सुन्नासाथ
मिलन समीरलाई सिध्याउन तम्तयार हतियारहरु हो आउ
मेरा परम अन्धभक्त लम्पटदास प्रिय मतियारहरु हो आउ
नशादेखिकै बल निकालेर गगनभेदी गर्जनसहितको नारा लगाउ
मिलन समीर … मुर्दावाद ! मुर्दावाद ! मुर्दावाद !
म आफैं … जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद !

मिलन समीर बोलिरहेको छ,
उ बोलिरहेकै कारण
हाम्रो पर्दाभित्रको पोल खोलिरहेको छ
कि मिलन समीरको बोली सदैव मन्द हुनुपर्छ
होइन भने मिलन समीरको बोली सधैंका लागि बन्द हुनुपर्छ
त्यसैले आउ बन्दुकको गोली जस्तै बोली भएका
मेरा सर्वाधिक प्रिय हतियारहरु हो आउ
मेरा अन्धभक्त लम्पटदास मतियारहरु हो आउ
नाइटोदेखिकै बल निकालेर
गगनभेदी गर्जनसहितको नारा लगाउ
मिलन समीर … मुर्दावाद ! मुर्दावाद ! मुर्दावाद !
म आफैं … जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद !

कि मिलन समीरको सोचाइसङ्गै
चिन्तन –मनन सदैव मन्द हुनुपर्छ
होइन भने मिलन समीरको सोचाइसङ्गै
चिन्तन – मनन सधैंका लागि बन्द हुनुपर्छ
त्यसैले आउ मेरा आसेपासे लगौटिया यारहरु हो आउ
मेरै निगाहमा बाँचिरहेका मेरा प्रिय प्यारहरु हो आउ
लहरे टोलेहरु हो आउ, खहरे खोलेहरु हो आउ
हुक्के, बैठके, ढोकेसङ्गै प्रिय चम्चे, झोलेहरु हो आउ
कट्टु खस्नेगरी उफ्रिएर घाँटी बस्नेगरि चिच्याउदै
गगनभेदी गर्जनसहितको नारा लगाउ
मिलन समीर … मुर्दावाद ! मुर्दावाद ! मुर्दावाद !
म आफैं … जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद !

मिलन समीरले हामीभित्रको “हरामी“ लाई समेत देखिरहेको छ
उसले हाम्रो नाङ्गो यथार्थ देखिसकेकै कारण
बाहिरी आवरणमा मात्रै सुन्दर भएर टल्किरहेको बेला
भित्रीपृष्ठ खोतलेर कुरुप यथार्थ लेखिरहेको छ
कि मिलन समीरको देखाइ अनि लेखाइ सदैव मन्द हुनुपर्छ
होइन भने मिलन समीरको देखाइसङ्गै लेखाइ
सधैंका लागि बन्द हुनुपर्छ
त्यसैले आउ मिलन समीरको आँखा फुटाउनैका लागि
अनि हात भाच्नैका लागि मेरै आदेश पर्खेर बसिरहेका
मेरा सहृदयी अराजकप्रिय हतियारहरु हो आउ
मेरा अन्धभक्त लम्पटदास मतियारहरु हो आउ
रहलपहल बुद्धिविवेकलाई सधैंका लागि बन्धकीमा राखेर आउ
मुढेबल देखाएरै नशा फुलाएर गगनभेदी
गर्जनसहितको नारा लगाउ
मिलन समीर … मुर्दावाद ! मुर्दावाद ! मुर्दावाद !
म आफैं … जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद !

मिलन समीरले सोचिरहेको छ,
चिन्तनसङ्गै मनन गरिरहेको छ ,
उसको सोचाइले हरदम हामीलाई
निकै नमज्जासङ्ग घोचिरहेको छ
उसको चिन्तन–मननले हामीलाई
निकै गहिरो चिन्ताजनक अवस्था हुँदै
चिताकै बाटोमा डो¥याइरहेको छ
कि मिलन समीरको सोचाइसङ्गै
चिन्तन –मनन सदैव मन्द हुनुपर्छ
होइन भने मिलन समीरको सोचाइसङ्गै
चिन्तन – मनन सधैंका लागि बन्द हुनुपर्छ
त्यसैले आउ मेरा आसेपासे लगौटिया यारहरु हो आउ
मेरै निगाहमा बाँचिरहेका मेरा प्रिय प्यारहरु हो आउ
लहरे टोलेहरु हो आउ, खहरे खोलेहरु हो आउ
हुक्के, बैठके, ढोकेसङ्गै प्रिय चम्चे, झोलेहरु हो आउ
कट्टु खस्नेगरी उफ्रिएर घाँटी बस्नेगरि चिच्याउदै
गगनभेदी गर्जनसहितको नारा लगाउ
मिलन समीर … मुर्दावाद ! मुर्दावाद ! मुर्दावाद !
म आफैं … जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद !

मिलन समीर “मिलन समीर“ भएकै कारण
हामी “दामी“ हुनै नसकिरहेको तीतोयथार्थ हो
हामी “हामी“ भएकै कारण
मिलन समीर “मिलन समीर“ हुँदै गइरहेको पनि यथार्थ हो
कि मिलन समीर “मिलन समीर“ हुने क्रम सदैव मन्द हुनुपर्छ
होइन भने मिलन समीर “मिलन समीर“ हुने क्रम
सधैंका लागि बन्द हुनुपर्छ
त्यसैले आउ अहिलेसम्म अर्चापेर राखिरहेका
छुरा झैँ लाग्ने धारिलो जिभ्रो भएका हतियारहरु हो आउ
मेरा परमप्रिय अन्धभक्त लम्पटदास मतियारहरु हो आउ
न्वारानदेखिकै बल निकालेर गगनभेदी गर्जनसहितको नारा लगाउ
मिलन समीर … मुर्दावाद ! मुर्दावाद ! मुर्दावाद !
म आफैं … जिन्दावाद ! जिन्दावाद ! जिन्दावाद !

मिलन समीर, करादीखोला , स्याङ्जा ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा