-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (शनिबार) को राशिफल भन्छ–आज यी ६ राशिकाले पुर्याउनु पर्नेछ विशेष ध्यान !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। तारिफयोग्य कामको चर्चा हुनेछ । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित स्थान दिलाउन सक्छ । केही विवादास्पद समस्या सुल्झाउन जुट्नुपर्ला ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या निम्त्याउला । बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति अनुकूल नै देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ । सहयोगी र भौतिक साधनको कमीले आँटेको काममा विलम्ब हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्चिलो काम थाल्नाले अर्थअभाव देखापर्न सक्छ । स्वास्थ्य कमजोर बन्नाले चिताएको काम रोकिन सक्छ । गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउलान् । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । प्रतीक्षित नतिजा कमजोर बन्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । तर ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउनेछन्। आफ्नो उपलब्धिमा समेत अरूले दाबी गर्न सक्छन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । मिहिनेत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ । आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । परिवारजन र आफन्तको सहयोग लिँदा रोकिएको काम सजिलै सम्पादन हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले धन आर्जन हुनेछ । तर धेरैवटा काममा हात हाल्दा मुख्य काम स्थगित हुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । नयाँ काम तथा व्यवसायमा धन खर्चनुपर्ला । सेवामूलक कामबाट भने राम्रो उपलब्धि मिल्नेछ । उद्योग र व्यापारमा सामान्य फाइदाको योग रहेको छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । ईर्ष्या गर्नेहरूबाट अलि जोगिएर काम लिनुपर्ने समय छ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत परे पनि सामान्य अवसर पाइनेछ । तर महत्त्वाकांक्षा पूरा गर्न बलजफ्ती अघि बढ्ने बानीले काम बिग्रन सक्छ । आगन्तुकले अलमल्याउने हुँदा योजनाअनुसार काम गर्न नसकिएला । सोख र हडबडीले केही समस्या निम्त्याए पनि व्यक्तित्वमा निखारता आउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर पनि प्राप्त हुनेछ । तर अधिक खर्च बढ्ने सम्भावना छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । कर्जा बढे पनि धन प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट मनग्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुनाले व्यापार तथा साझेदारीमा पनि प्रशस्त लाभ हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ । सहयोगीहरू जुट्नाले रोकिएका काम पनि सम्पादन हुनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ । लगनशीलताले लाभ उठाउन सकिनेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । प्रयत्नले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ । नयाँ काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ ।

२०७८ वैशाख १८ गते, (शनिवार, १ मे २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शुक्रबार) को राशिफल भन्छ–आज यी राशिकालाई हुनेछ विशेष लाभ !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको