वैशाख २०, काठमाडौं । सरकारले उपत्यकामा निषेधज्ञालाई थप कडाई बनाउन थालेको छ । कोरोना संक्रमणको दर निरन्तर आक्रामक देखिन थालेपछि सरकारले यस्तो उपाय अबलम्बन गरेको हो ।
काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टका अनुसार अनुगमनका क्रममा सवारी र मानिसहरुको चाप बाक्लो देखिएसँगै आइतबारदेखि नै सबै किसिमका पास बन्द गरिएको छ । उनका अनुसार अत्यावश्कीय बाहेकका सबैजसो सवारीलाई बन्द गरिएको छ ।
भट्टका अनुसार सडकमा काम बिना हिँड्ने पैदलयात्रीलाई पनि बुझ्दै फर्काउन थालिएको छ ।
बिहिबार दिउँसो काठमाडौंका मुख्य सडकहरुका सवारी यसअघिका दिनमा भन्दा निकै कम देखिएका थिए । तर, भित्रि सडकमा भने निरन्तर उस्तै देखिएको छ ।
आइतबार मात्रै देशभर ७ हजारभन्दा बढि कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५ सय संक्रमित देखिएका थिए । जुन हालसम्मकै उच्च पनि हो ।
यस्तो देखियो रत्नपार्क क्षेत्र
वि.सं.२०७८ वैशाख २० सोमवार १३:०१ मा प्रकाशित