२० वैशाख, काठमडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको आईसीसी वरियतामा सुधार आएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनीक गरेको नयाँ वरियतामा नेपाल एक स्थान माथि उक्लिएको हो ।
टि-२० वरियतामा यस अघि १४ औँ स्थानमा रहेको नेपालले स्कटल्याण्डलाई पछि पदैँ १३ स्थानमा उक्लिएको छ । नेपालकाे १८७ रेटिङ्ग अकं रहेको छ । १२ औँ स्थानमा रहेको आयरल्याण्डसँग १८८ रेटिङ्ग अकं छ ।
आईसीसीको टि-२० वरियतामा शिर्ष स्थानमा इंल्याण्ड रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ । त्यसैगरी एकदिवसीय वरियता तर्फ नेपाल १६ औँ स्थानमा रहेको छ ।
नेपाली राष्ट्रिय टिमले हालै सम्पन्न मलेसिया र नेदरल्याण्ड विरुद्धको त्रिकोणात्मक टि-२० श्रृखलाको उपाधि आफ्नो नाममा गरेको थियो ।
वि.सं.२०७८ वैशाख २० सोमवार १३:४३ मा प्रकाशित