
अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजका प्रधानसम्पादक÷सम्पादक विश्वराज थापा तथा सम्पादक विजय थापालाई पितृ शोक परेको छ ।
बिगत एक दशकदेखि अमेरिकाबाट संचालित हुदै आएको लोकप्रिय अनलाइनका संचालकद्वयका पिता हेडम बहादुर थापाको बैशाख १८ गते ९० बर्षको उमेरमा काठमाडौंस्थित आफ्नै निवासमा हृदयघातबाट मृत्यु भएको छोरा विजय थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।
नेपालको धनकुटा मुगा गाउँपालिका घर भै हाल बालुवाटार निवासी स्व थापाका पाँचै छोराहरु परिवारसहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्छन भने विजय थापा÷विश्वराज थापा इनेप्लिजका संचालक हुन् ।
१९८८ कार्तिक १६ मा धनकुटाको मुगामा जन्मिएका स्व थापा लामो समयसम्म शिक्षण पेशामा आवद्ध रहेका थिए भने ग्लोबल भ्वाइस इन्टरनेसनल भन्ने मासिक पत्रिकाको सम्पादक रही केही बर्ष काम गरेका थिए । थापाले अंग्रेजीमा लेख लेख्ने र बिशेष गरि व्याकरण अंग्रेजी साहित्यमा रुची राख्ने गर्थे ।
त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गरेका स्व थापा कलेज (महाबिद्यालय) मा पनि प्राध्यापन गराएका थिए । स्व थापाले अमेरिकाको अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) प्राप्त गरेता पनि पछि अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) दशकौ सम्म अमेरिका नगएपछि स्वत निष्क्रिय भएको हो ।
स्व थापाको धर्मपत्नी तीर्थ कुमारी जेठी छोरी शारदा सिलवाल नेपालमै रहेका छन् ।
महामारीको यस्तो अवस्थामा छोराहरु अमेरिकामा रहेकोले केही छोराहरु नेपाल आएपछि अन्त्येष्टि कार्य तथा अन्तिम श्रद्धाञ्जली हुने थापा परिवारले बताएको छ ।
ऐक्यबद्धता मासिक तथा संसारन्युजका शुभचिन्तक विजय थापा तथा विश्व थापाका वुवाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं । सम्पादक