back

गण्डकी र सुदुरपश्चिममा फेरिए प्रदेश प्रमुख

वि.सं.२०७८ वैशाख २० सोमवार

324 

shares
GLOBAL IME AD
NTC AD

वैशाख २०, काठमाडौं । सरकारले गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले गण्डकी र सुदुरपश्चिम प्रदेशमा प्रदेश प्रमुख हेरफेर गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदुरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरेकी छन् ।

यसअघि गण्डकीमा अमिक शेरचन र सुदुरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । पदमुक्त भएका शेरचन र पन्त माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका थिए ।

२०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो । तत्कालिन समय प्रदेश २, गण्डकी र सुदुरपश्चिममा माओवादी केन्द्र निकटकालाई प्रदेश प्रमुख बनाइएको थियो ।

सर्वोच्चको आदेशसँगै पूर्ववत अवस्थामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फर्किएसँगै एमाले सरकारले प्रदेश प्रमुख हेरफेर गरेको हो । यसअघि प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त गर्दै राजेश झालाई जिम्मेवारी दिइएको थियो ।

वि.सं.२०७८ वैशाख २० सोमवार १७:३३ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...