back

पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु, ७४४८ जना संक्रमित थपिए

वि.सं.२०७८ वैशाख २० सोमवार

36 

shares

२० बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका विभिन्न जिल्लामा ३७ जना कोरोना संक्रमितको ज्यान गएको हो । एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । पिसीआर र ऐन्टिजेन गरी १७ हजार १७६ नमुना परीक्षणमा ७,४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एकैदिन संक्रमित हुनेको यो संख्या पनि अहिलेसम्मकै बढी हो । पछिल्लो २४ घण्टामा थपिएका ७४४८ जनासँगै नेपालमा हालसम्म ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

त्यस्तै आज देशैभरी २०२१ जना कोरोना संक्रमित निको भएका छन् । केही दिनयता निको हुनेको संख्या पनि बढ्दै गएको छ । आज निको भएका २०२१ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ । निको हुनेको यो संख्या ८३.३ प्रतिशत हो ।

त्यसैगरी आज ३७ जना कोरोना संक्रमितको मृत्यु भएको भएसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३३६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा २१२ जना रहेका छन् भने ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म पिसीआर प्रविधिबाट २५ लाख २१ हजार १६४ नमुना परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप २० लाख ९१ हजार ५११ जनाले लिएका छन् ।

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमित हुनेको संख्या, आज ७२११ जनामा संक्रमण, २७ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख २० सोमवार १७:३८ मा प्रकाशित

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...