back

ओलीले विश्वासको मत लिने घोषणा गरेसँगै एकाएक किन तात्तियो जसपा ?

वि.सं.२०७८ वैशाख २० सोमवार

390 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

वैशाख २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेसँगै जनता समाजवादी पार्टी (जसपा)को एउटा समूह (अध्यक्ष महन्थ ठाकुर समूह) एकाएक तात्तिएको छ । प्रधानमन्त्री ओलीसँग नजिक देखिएको उक्त समूह विश्वासको मत लिने घोषणासँगै तात्तिएको हो ।

समूहले आफुँ पक्षका सबै सांसद र केन्द्रीय समिति सदस्यलाई काठमाडौं आउन र काठमाडौं नछाड्न पनि निर्देशन गरेको छ । साथै समूहले पार्टीभित्रको कार्यकारिणी समिति सदस्य र सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।

पटक–पटक प्रधानमन्त्री ओलीसँग वार्तामा रहेको समूहले सार्वजनिक रुपमा हालको सरकारलाई सहयोग गर्न सकिने बताईरहेको थियो । प्रधानमन्त्रीसँगको छलफलमा पनि समूहले विभिन्न मागसहित सत्ता सहकार्यसम्मको विषयमा छलफल गरेको थियो ।

हाल जसपामा ३२ सांसद छन् । जसमध्ये १८ सांसद उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा देखिएका छन् । सार्वजनिक हस्ताक्षरमा १८ सांसदले प्रधानमन्त्री ओलीको विरुद्वमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा गरेसँगै एकाएक तात्तिएको जसपाभित्र के हुने टुंगो छैन् । यसअघि ०७७ को वैशाखमा जसपाभित्र ‘सांसद अपहरण प्रकरण’ अनौठो गरि सतहमा देखिएको थियो । तत्कालिन समय जसपाका १७ सांसद सामूहिक रुपमा एमाले प्रवेश गर्न खोजेको कुरा सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार

ओलीसँग नजिक हुँदै जसपा, के सरकारमा सहभागी होला ?

फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?

जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद

वि.सं.२०७८ वैशाख २० सोमवार १८:०८ मा प्रकाशित

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

गैरकानुनी रुपमा भोग चलन गरिँदै आएका जग्गाको विवरण पठाउन ७७ जिल्लामा गृहको निर्देशन

गैरकानुनी रुपमा भोग चलन गरिँदै आएका जग्गाको विवरण पठाउन ७७ जिल्लामा गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले ७७ वटै जिल्लामा गैरकानुनी रुपमा भोगचलन गरिदैँ...

प्रतिनिधिसभा बैठक : गणपूरक सङ्ख्या नपुगेपछि विधेयक पेस हुन सकेन

प्रतिनिधिसभा बैठक : गणपूरक सङ्ख्या नपुगेपछि विधेयक पेस हुन सकेन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई...

फागुन १६ बाट काठमाडौं महानगरमा रुबेला र दादुरा खोप लगाइने

फागुन १६ बाट काठमाडौं महानगरमा रुबेला र दादुरा खोप लगाइने

काठमाडौं । काठमाडौं महानगरपालिकामा फागुन १६ गतेबाट रुबेला दादुरा खोप...

रास्वपाद्वारा सडक र सदन दुवै अवरुद्ध गर्ने चेतावनी

रास्वपाद्वारा सडक र सदन दुवै अवरुद्ध गर्ने चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक र सदन दुवै...