back

तपाईको आज मंगलबारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७८ वैशाख २१ मंगलवार

168 

shares
NTC AD
Global IME AD

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम सम्पादन गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सामाजिक दायित्व बढ्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
चिताएको काममा केही बाधा हुन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । मिहिनेत गर्दा विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ । आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन् । नियमित कामबाट लाभ उठाउन सकिनेछ । नयाँ काम थालनी गर्न भने हतार नगर्नुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला । काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउनेछ । चोटपटकको योग देखिएकाले अलि सजग रहनुपर्ला । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । दोहोर्याएर प्रयत्न गर्दा केही आंशिक लाभ हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा व्यापार–व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु,
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ । व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ । तापनि मेहनतले प्रतिष्ठित काम गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । व्यापारमा धेरै फाइदा नभए पनि लाभांश अवश्यै प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले काम सम्पादन हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बलजफ्तीले परिस्थिति बिग्रन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पछि दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला । आमाको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। काममा आफ्नैबाट धोका हुन सक्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बलजफ्ती गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ । पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ । आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला।आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफूलाई समस्या पर्दा साथीभाइले समेत वास्ता गर्न छाड्नेछन् । प्रयत्न गर्दा पछि यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । आँटले काम सम्पादन हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

२०७८ वैशाख २१ गते, (मंगलवार, ४ मे २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (सोमबार) को राशिफल भन्छ–आज यी पाँच राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

 

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०७:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD