back

केरला राज्यले रच्यो इतिहास, फेरि लालझण्डा फहरियो

वि.सं.२०७८ वैशाख २१ मंगलवार

228 

shares
NTC AD
Global IME AD

सन्सारन्युज, २१, बैशाख । केरला राज्यमा फेरि यो पटक पनि लेफ्ट फ्रन्ट पार्टीको लाल झण्डा फहराएको छ । नतिजा अनुसार मुख्यमन्त्री पिनरई विजयनले फेरि सत्ताको नेतृत्व गर्ने भएका छन् । १ सय ४० सिटको निर्वाचनमा पिनरईको पार्टीले ९९ सय सिटमा जित हासिल गरेको छ । भारतिय कंग्रेशको गठबन्धनले ४१ सिटमा जित हासिल गरेको छ भने भारतिय जनता पार्टीले पुरै राज्यबाट आफ्नो अस्तित्व गुमाएको छ ।

सन् १९८० को दशक यता केरला राज्यमा कुनै पनि सत्ताधारी दलले दोस्रोपटक विजयी हासिल गर्न सकेका थिएनन् । ४० वर्षको इतिहासमा सत्ताधारी दलले पुनः विजयी प्राप्त गरेको यो पहिलोपटक हो । पुनः सफलतामा मुख्यमन्त्री विजयनको हात रहेको भारतिय विश्लेषकहरुले जनाएका छन् ।

पुनः शानदार जीत हासिल गर्नुमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने मुख्यमन्त्री विजयनले पछिल्लो केहि वर्षदेखि मजबुत अथवा सुझबुझका साथ पार्टीको नेतृत्व गरेको विषयलाई विश्लेषकहरुले लिएका छन् । प्राकृतिक विपत्ती र कोरोना भाइरस नियन्त्रणमा उनले सफल व्यवस्थापनको नेतृत्व गरेका थिए ।

विजयननको राजनीतिक सुझबुझ
मुख्यमन्त्री विजयननले पार्टी प्रशासनमा समेत अत्यन्तै सुझबुझका साथ परिवर्तन गरेका छन् । जसका कारण सीपीएम अब पुराना नेताहरुको पार्टीको रुपमा सिमित रहेको छैन् । उनले पार्टीको विस्तारको सम्बन्धमा भिन्न रणनीति निर्माण गरेर काम गरेका छन् जसका कारण पनि उनि सफल भएको अनुमान गरिएको छ ।

यस कारणले बद्लियो पार्टीको छवि
विजयनले सीपीएम पार्टीको छविलाई आफ्नो कार्यकालमा बद्ल्ने कोशिष गरेका छन् । यसै समयमा उनले मुस्लिम र इसाई धर्मालम्बीहरुलाई पनि आफ्नो पार्टीमा जोड्ने सफलता हासिल गरेका छन् । धार्मीक समुदायलाई आफ्नो पार्टीमा सहभागी गराउने विषयमा प्रधानमन्त्री मोदी र विजयनका क्रियाकलापमा कतिपय समानता देखिएका छन् । त्यसैले उनलाई धोतीवाला मोदीको नामबाट समेत कटाक्ष गर्ने गरिन्छ ।

बजार र अर्थव्यवस्थालाई राज्यमा जोड्ने काम
पछिल्लो कार्यकालमा विजयनले बजार र अर्थव्यवस्थालाई राज्यमा मजबुत ढंगले जोड्ने कोशिष गरे, यसमा उनि अधिकतम सफल भएको विश्लेष्कहरुको दावी छ । उनले पार्टी कोषको लागि चिनियाँ पार्टीको शैलीलाई अंगिकार गरे । समाजवादी बजार अर्थव्यवस्था अनुसार आफ्नो पार्टीलाई बढावा दिंदै उनले अगाडि बढाए ।

सामाजिक सुरक्षामा विशेष ध्यान
स्वास्थ्य, मुलभुत प्राणाली र सामाजिक सुरक्षामा विशेष कार्यक्रम सञ्चालन गरेकै कारण मुख्यमन्त्री विजयनको लोकप्रियता चुलिएको हो । आफ्नो विचार र निष्ठामा अडान भएका कारण उनिसँग अरु राजनीतिकर्मीहरु चालबाजी गर्न डराउने गर्छन ।

मुख्यमन्त्रीले आफ्नो भनाइमा सफलता प्राप्त गरे
चुनावको एक हप्ता पहिला मुख्यमन्त्री पिनराई विजयनले सिपीएम राज्यमा बिजेपीको एकमात्र सिटमा पनि यसपटक जित्न नदिने बताएका थिए । बिजेपीका उम्मेदवार ८८ वर्षीय श्रीधरनले आफ्नो क्षेत्रमा शुरुवातको समयमा विजयको हौसला पाएका थिए तर अन्तिम समयमा युवा विधायक उम्मेदवार शफी परमबिलले उनलाई ३ हजार ८ सय ५९ मतको अन्तरले पराजित गर्न सफल भए ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०९:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...