back

होम आइसोलेशनमा बसेका कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

वि.सं.२०७८ वैशाख २१ मंगलवार

375 

shares
GLOBAL IME AD
NTC AD

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् ।

कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै रहेका छन् ।

मन्त्री भण्डारीले आइतबार आफूमा कोरोना संक्रमण देखिएको बताउँदै आफुसँग सम्पर्कमा रहेकालाई सर्तकता अपनाउन अनुरोध समेत गरेका थिए ।

 

 

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०९:०५ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...