
२१ वैशाख, काठमाडौँ । श्रीलंका र बंग्लादेश बिचको दोस्रो टेस्टमा श्रीलंकाले २०९ रनको विशाल जित हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले आफ्नो पहिलो इनिङ्गसको घोषणा १५९.२ ओभरमा ४९३ रन बनाएर गरेको थियो । श्रीलंकाका लागि दिमुथ करुणारत्ने र लाहिरु थिरिमान्ने सतकीय पारी खेलेका थिए । थिरिमान्ने १४० रन बनाएर आउट भएको थिए भने करुणारत्ने ११८ रन बनाएर आउट भएका थिए । बंग्लादेशका लागि बलिङ्गमा तस्किन अहमदले सर्वाधिक ४ विकेट लिएका थिए ।
श्रीलंकाले आफ्नो पहिलो इनिङ्गसको घोषणा गरेपछि ब्याटिङ्ग गर्न आएको बंग्लादेशले आफ्नो पहिलो इनिङ्गसमा २५१ रन बनाएर अलआउट हुन पुगेका थियो । बंग्लादेशका लागि तमिम इक्बालले सर्वाधिक ९२ रन बनाएका थिए भने श्रीलंकाका लागि बलिङ्गमा प्रवीण जयविक्रमले सर्वाधिक ६ विकेट लिएका थिए ।
पहिलो इनिङ्गसमा २४२ रनले लिड लिएको श्रीलंकाले आफ्नो दोस्रो इनिङ्गस १९४ रनमा समाप्त गरेको गर्यो । श्रीलंकाका लागि ब्याटिङ्गमा दिमुथ करुणारत्नेले सर्वाधिक ६६ रन बनाएका थिए भने बंग्लादेशका लागि तैजुल इस्लाम सर्वाधिक ५ विकेट लिएका थिए ।
श्रीलंकाले पहिलो इनिङ्गसको लिड र दोस्रो इनिङ्गसमा बनाएको रन जोड्दैँ बंग्लादेशलाई जितको लागि ४३७ रनको विशाल लक्ष्य दिएको थियो । ४३७ रनको विशाल लक्ष्य पछाएको बंग्लादेश २२७ रन बनाएर अलआउट भएको थियो । बंग्लादेशका लागि मुशफिकुर रहीमले सर्वाधिक ४० रन बनाएका थिए भने श्रीलंकाका लागि प्रवीण जयविक्रमले ५ विकेट हात पारेका थिए ।
जितसँगै श्रीलंकाले २ खेलको टेस्ट श्रृखला १-० ले आफ्नो नाममा गरेको छ ।