२१ वैशाख, काठमाडौँ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गते शुक्रबारबाट सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशनमा ल्याएको हो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशतले अर्थात ५० हजार ३६५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा आवेदन दिन सक्नेछन ।
यस कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।
वि.सं.२०७८ वैशाख २१ मंगलवार १०:३१ मा प्रकाशित