
२४ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २१ बर्षमा प्रबेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको कम्पनी हाल नेपालकै सबै भन्दा ठूलो जीवन बीमा कम्पनीको रुपमा स्थापित भएको छ ।
देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।
देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंतीमा रही निरन्तर सेवामा लागिरहेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान रहेको समेत कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत(सिईओ) सन्तोष प्रसाईंले कम्पनीलाई यो उचाइसम्म पुर्याउनमा निरन्तर विश्वासका साथै साथ एवं उचित मार्गनिर्देश दिनुहुने आदरणीय नियामक निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन् ।
हाल कम्पनीमा सर्वाधिक रु. १ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ लगानी रहेको छ भने जीवन बीमाकोष रु. १ खर्ब १ अर्ब २८ करोड रुपैयाँको रहेको कम्पनीले जनाएको छ ।
नेपालकाे सबै भन्दा ठूलाे जीवन बीमा कम्पनी
स्थापनाकाे २१ बर्षमा नेपालको जीवन बीमा क्षेत्रको करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल रहेको यस कम्पनीको जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको कम्पनीको दावी छ ।
हाल कम्पनीमा सर्वाधिक रु. १ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ लगानी रहेको छ भने जीवन बीमाकोष रु. १ खर्ब १ अर्ब २८ करोड रुपैयाँको रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उसको हाल शेयरधनी कोष रु. ८ अर्ब ८५ करोडभन्दा बढीको रहेको छ । त्यस्तै कम्पनीको सर्वाधिक पूँजी करीब रु. ७ अर्ब १९ रहेको छ । कम्पनीको करीब १ अर्बको बजार पूँजिकरण रहेको छ ।
कम्पनीले आंशिक अवधि भुक्तानी करिब रु. ११ अर्ब ९८ करोड, पूर्ण अवधि भुक्तानी करिब रु. ९ अर्ब ७७ करोड तथा मृत्युदावी करिबरु.३ अर्ब ७३ करोड भुक्तानी गरिसकेको जनाएको छ ।
कम्पनीका करिब १ लाख ७६ हजार ४३ प्रशिक्षित अभिकर्ता रहेका छन् । त्यस्तै कम्पनीले देशभर २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएकोे छ ।
कम्पनीले हालसम्म वैदेशिक रोजगारीमा गएकाकाे समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्तिलाई पोलेसि बिक्रि गरिसकेको जनाएको छ ।