back

मकवानपुरमा कोभिड नियन्त्रणका लागि सर्वदलीय समिति गठन

वि.सं.२०७८ वैशाख २१ मंगलवार

114 

shares
NTC AD
Global IME AD

२१ बैशाख, मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा पालुङ जेसिज, पालुङ लाइन्स, रोटरी क्लब र स्थानीय राजनीति दलका प्रतिनिधि सदस्य रहेका छन्। नगरपालिकाको १ देखि १२ वडाका कोभिड–१९ सङ्क्रमित बिरामीको पहिचान र जनचेतना अभियान सञ्चालन गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्ट बताए । सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई नगरपालिकाले प्रोत्साहन भत्ताबापत क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाको १२ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा सर्वदलीय समिति गठन गरी बिरामीको तथ्याङ्क सङ्कलन गरिने प्रमुख विष्टले जानकारी दिए। नगरपालिकाभित्र सोमबारसम्ममा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एकजनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ ।
रासस

वि.सं.२०७८ वैशाख २१ मंगलवार १२:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री प्रचण्ड भन्छन विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...