
२१ वैशाख, काठमाडौँ । सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सका १/१ खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन । हैदरावादका विकेट किपर ब्याटसम्यान रिद्दिमान शाह र दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रा कोरोना भाइरसबाट संक्रमित भएका हुन ।
हैदरावादका खेलाडी कोरोना भाइरसबाट संक्रमित भएसँगै मुम्बई विरुद्ध आज हुने भनिएको खेल पनि स्थगित भएको छ ।
हिजो पनि कोलकत्ताका दुई खेलाडी कोरोना भाइरसबाट संक्रमित भएपछि बेङ्गलोर र कोलकत्ता बिचको खेल स्थगित भएको थियो ।