
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचन भएसँग आप्रवासीहरुमा आशंका र भय बढेको छ । राष्ट्रपति ट्रम्पले राष्ट्रपति पद सम्हालेसँग लिएको अध्यागमन नीतिका कारण अमेरिकामा रहेका कागजविहिन नेपाली समुदाय पनि त्रसित बनेका छन् । फेसबुक र मिडियामा छापिने मनगढ़न्त समाचारहरुका कारण उनीहरु झनै त्रसित छन् ।
अमेरिकामा कार्यरत केही नेपाली वकिलहरुद्वारा तरोताजा जानकारी अपडेट गरेर सतर्क रहन तर त्रसित नहुन सम्झाई छन् भने नेपाल संघसंस्थाहरुले अन्तरक्रिया कार्यक्रमहरु पनि गरिरहेका छ ।
यसैसन्दर्भमा राप्रपा नेपालको अमेरिका स्थित भातृसंगठन प्रवासी नेपाली एकता संगठन (पानस) ले न्यूयोर्कको ज्याक्शन हाईट्समा वकिल बासु फुलारा र नेपाली समुदाय बिच अन्तर्कृया गरेको छ ।
अन्तरक्रियामा भएको छलफल हेर्न र सुन्न यो भिडियो क्लिक गर्नु होला ।
समाचार स्रोत : ज्योतीकुमार श्रेष्ठ, भिडियो : आङकामी शेर्पा