२१ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा, पर्वत र म्याग्दीका गरी तीन संक्रमित पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा १८ गते कोरोना संक्रमण देखिएको हो ।
त्यर्सैगरी पर्वत कुश्मा नगरपालिका ४ का ८४ वर्षीय पुरुषको पनि उपचारका क्रममा निधन भएको छ । उनमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
वि.सं.२०७८ वैशाख २१ मंगलवार १४:४५ मा प्रकाशित