वैशाख २१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने आगामी वैशाख २७ गते संसदको बैठक बोलाएका छन् । ओलीले विश्वासको मत लिने तयारी गरेपछि माओवादी केन्द्रले थप रणनीति बनाउन बैठक बोलाएको हो ।
यसअघि सोमबार साँझ प्रचण्डले कांग्रेस सभापतिसँग आगामी रणनीतिबारे छलफल गरेका थिए । जनाइएअनुसार आजको बैठकमा कांग्रेससँग गरिएको पछिल्लो कुराकानीबारे छलफल हुनेछ ।