back

भारतमा घट्न थाल्यो दैनिक संक्रमित हुनेको संख्या

वि.सं.२०७८ वैशाख २१ मंगलवार

204 

shares
NTC AD
Global IME AD

२१ बैशाख, दिल्ली । भारतमा तीन दिनयता कोरोना संक्रमित हुनेको संख्या घट्दै गएको छ ।

भारतमा सोमबार ३ लाख ५५ हजारमा कोरोना संक्रमण देखिएको छ । यो आइतबारको तुलनामा झण्डै १५ हजारले कमि हो ।

सोहि अवधिमा ३४३६ कोरोना संक्रमितले ज्यान गुमाएको त्यहाँको समाचार ऐजेन्सीले जनाएका छन् ।

त्यसैगरी निको हुनेको संख्या पनि उत्तिकै बढेको छ । सोमबार भारतभर ३ लाख १८ हजार जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा हालसम्म २ करोड २ लाख कोरोना संक्रमित भएका छन् । सोहि अवधिमा १ करोड ६६ लाख कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा हालसम्म २ लाख २२ हजार कोरोना संक्रमितको मृत्यु भएको छ भने हाल ३४ लाख ४३ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

महाराष्ट्रमा पनि घट्यो संक्रमित हुनेको संख्या
त्यसैगरी भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा सोमबार ४८ हजार ६२१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सोहि अवधिमा ५९ हजार ५ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै सोहि अवधिमा ५६७ जनाको निधन भएको छ ।

महाराष्ट्रमा आइतबारको तुलनामा सोमबार संक्रमित हुने र मृत्यु हुनेको संख्या घटेको छ । साथै सोहि अवधिमा संक्रमित हुने भन्दा निको हुनेको संख्या पनि बढी रहेको छ । महाराष्ट्रमा केही दिनयता संक्रमित हुने भन्दा निको हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ ।

दिल्लीमा पनि घट्यो संक्रमितको संख्या
दिलीमा सोमबार १८ हजार ४३ जनामा कोरोनाा संक्रमण पुष्टि भएको छ । साथै सोहि अवधिमा ४४८ जनाको मृत्यु भएको छ । दिल्लीमा आइतबारको तुलनामा कोरोना संक्रमित हुनेको संख्या घटेपनि मृत्युदर बढेको तथ्यांकले देखाएको छ ।

दिल्लीमा आइतबार ४०७ जनाको मृत्यु भएकोमा सोमबार ४४८ जनाको मृत्यु भएको छ ।

दिल्लीमा सोमबार २० हजार २९३ जना निको भएका छन् । दिल्लीमा हालसम्म ११ लाख ९४ हजार कोरोनाको चपेटामा परिसकेका छन् भने ती मध्ये १० लाख ८५ हजार निको भइसकेका छन् । दिल्लीमा हाल ८९ हजार ५९२ सक्रिय संक्रमितको उपचार भइरहेको छ । साथै हालसम्म १७ हजार ४१४ संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा आइतबार ३ लाख ६९ हजार बढीमा कोरोना संक्रमण, ३४ सय बढीको मृत्यु

 

वि.सं.२०७८ वैशाख २१ मंगलवार १६:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...