Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

आज देशैभरी ७,६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु



२१ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका विभिन्न जिल्लामा ५५ जना कोरोना संक्रमितको ज्यान गएको हो । एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ७,६६० जना कोरोना संक्रमित थपिएका छन् । पिसीआर र ऐन्टिजेन गरी १६ हजार ७०२ नमुना परीक्षणमा ७,६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एकैदिन संक्रमित हुनेको यो संख्या पनि अहिलेसम्मकै बढी हो ।

आज काठमाडौंमा २७७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ गरी उपत्यकामा ३८९३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका ७६६० जनासँगै नेपालमा हालसम्म ३ लाख ५१ हजार ५ पुगेको छ ।

त्यस्तै आज देशैभरी १७७५ जना कोरोना संक्रमित निको भएका छन् । केही दिनयता निको हुनेको संख्या पनि बढ्दै गएको छ । आज निको भएका १७७५ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । निको हुनेको यो संख्या ८३.३ प्रतिशत हो ।

त्यसैगरी आज ५५ जना कोरोना संक्रमितको मृत्यु भएको भएसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा २५३ जना रहेका छन् भने ५९ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म पिसीआर प्रविधिबाट २५ लाख ३७ हजार २९५ नमुना परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप २० लाख ९१ हजार ५११ जनाले लिएका छन् ।

पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु, ७४४८ जना संक्रमित थपिए


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब