वैशाख २१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय लिएको हो ।
स्थायी समिति सदस्य गणेश शाहका अनुसार बुधबार माओवादी केन्द्रले संसद सचिवालयलाई समर्थन फिर्ता लिएकाे जानकारी दिनेछ ।