back

नआत्तिनुहोस् ९० प्रतिशत कोरोना संक्रमित घरमै बसेर निको हुनु भएको छ-डा.रवीन्द्र पाण्डे

वि.सं.२०७८ वैशाख २१ मंगलवार

537 

shares
GLOBAL IME AD
NTC AD

जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेले कोरोना संक्रमणबाट गम्भीर विरामी भए मात्र अस्पताल आउन सुझाव दिएका छन् ।

उनले ९० प्रतिशत कोरोना संक्रमित घर बसेरै निको भएको बताउँदै गाह्रो भएमा कोभिड अस्पतालका फिभर क्लिनिकमा गएर छातीको एक्सरे लगायतका परीक्षण गर्न पनि सुझाएका छन् ।

‘उक्त परीक्षणबाट सामान्य अवस्था भएमा घरमै बसेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ भने गम्भीर अवस्था भए अस्पतालमा ब्यबस्थापन हुन्छ ।’ सामाजिक संजालमा उनले लेखेका छन् ।

डा. पाण्डेले अहिले कोरोना महामारी निकै बढेको र यस्तो प्रतिकूल अवस्थामा धैर्य गरेर घरभित्रै बसिदिन पनि सबैमा अनुरोधध गरेका छन् ।

‘केहि दिन वा हप्ता हामीले धैर्यता एबम आत्म अनुशाशन पालना गर्यौं भने आफु, आफ्नो परिवार र समुदायलाई बचाउन सक्छौं । भेटघाट, भोजभतेर, घुमफिर, पेशागत काम,अध्ययन आदि गर्नको लागि पनि हामीले स्वास्थ्य रक्षा गर्नुपर्दछ । महामारी नियन्त्रणमा आएपछि हामीले स्वतन्त्र जीवनमा रमाउन पाउनेछौं । उनले भनेका छन् ।

उनले लेखेका छन्,
अहिले महामारी निकै बढेको छ । यस्तो प्रतिकुल अवस्थामा हामीहरु सकभर घरभित्र बसौं । केहि दिन वा हप्ता हामीले धैर्यता एबम आत्म अनुशाशन पालना गर्यौं भने आफु, आफ्नो परिवार र समुदायलाई बचाउन सक्छौं । भेटघाट, भोजभतेर, घुमफिर, पेशागत काम,अध्ययन आदि गर्नको लागि पनि हामीले स्वास्थ्य रक्षा गर्नुपर्दछ ्र महामारी नियन्त्रणमा आएपछि हामीले स्वतन्त्र जीवनमा रमाउन पाउनेछौं ।

यसैपनि कोरोना संक्रमणको मृत्युदर नेपालमा १ % मात्र छ ्र अहिले पनि ९० % संक्रमित घरमै सामान्य उपचारले निको हुनुभएको छ । पोषिलो खाना, व्यायाम, तनाब ब्यबस्थापन, सकारात्मक सोंच आदिबाट हाम्रो रोगसंग लड्ने क्षमता बढ्दछ ।

भारतमा देखिएको अक्सिजनको हाहाकार, मृतकको संख्या, अस्पताल तथा घाटको अवस्था देखेर हामी आत्तिनु पर्ने अवस्था हुँदैन ्र नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेको छ । पुराना निको हुने तथा नयाँले त्यो ठाउँ पाउने क्रम चलिरहेको छ । त्यस्तै गाह्रो भएमा कोभिड अस्पतालका फिभर क्लिनिकमा गएर छातीको एक्सरे लगायतका परीक्षण गर्न सकिन्छ । उक्त परीक्षणबाट सामान्य अवस्था भएमा घरमै बसेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्न सकिन्छ भने गम्भीर अवस्था भए अस्पतालमा ब्यबस्थापन हुन्छ ।

समाचारको आतंकले गर्दा मनमा कोरोना बोकेर आत्तिनु हुँदैन ।

.अत्यावश्यक कामले घरबाहिर निस्किनु परेमा डबल मास्क लगाउने, भौतिक दुरी कायम राख्ने, भीडभाडमा नजाने तथा हातको निरन्तर सफाइ गर्नाले हामी संक्रमणबाट बच्न सक्छौं । उपचारभन्दा रोकथाम सजिलो र सस्तो छ । नाकमुनी वा चिउड़ोमा मास्क लगाएका व्यक्तिलाई हामीले नागरिक तहबाट पनि सम्झाउन सक्छौं । व्यक्ति व्यक्तिमा रोकथामको प्रयास हुने हो भने संक्रमण घट्दै जान्छ । परिस्थति जतिसुकै प्रतिकुल भएपनि मनस्थिति बलियो भयो भने हामी कोरोना भाइरससंग लड्न सक्छौं ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार १७:५० मा प्रकाशित

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’...

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार बिक्री-वितरण नगर्न निर्देशन

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार बिक्री-वितरण नगर्न निर्देशन

काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु...

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

१. परिचय १.१ भूमिका नेपालमा धेरैथरीका भाँडावर्तन प्रचलनमा छन् ।...

के हो एचएमपिभी भाइरस, यसबाट कसरी बच्ने ?

के हो एचएमपिभी भाइरस, यसबाट कसरी बच्ने ?

काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी...

स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित

स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित

चितवन । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित...

नेपाल बैंक क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता

नेपाल बैंक क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता

काठमाडौं । नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिक प्रा.लि.बिच सम्झौता भएको...