Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

निषेधाज्ञामा टेलिकमको आकर्षक अफर



काठमाडौं, वैशाख २२ गते । निषेधाज्ञामा बढि डाटाको आवश्यकता महशुस गर्दै नेपाल टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गलाइ सहजरुपमा उपयोग हुनसक्ने गरी सस्तो मूल्यका डाटा तथा भ्वाइस प्याक अफर सार्वजनिक गरेको जनाइएको छ ।

टेलिकमको प्रेस बिज्ञप्तिका अनुसार देशैभर लागु गरिएको निषेधाज्ञाको समयमा टेलिकम कम्पनीको मोबाइल सेवा लिने ग्राहकहरुका लागि आकर्षक सुविधाहरु उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख भएको छ । यस्तो अफर लामो र छोटो दुबै समयमा उपयोग गर्न सकिने र उपयोगी हुने अपेक्षा टेलिकमले लिएको छ । सो कम्पनीले एक जीबी प्रतिदिन बोनस सहितको भ्वाइस प्याक लिदाँ २८ दिनसम्म प्रत्येक दिन एक जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने गरी ६४९ रुपियाँमा सेवा उपलब्ध गराएको बताएको छ । यो सुविधा लिन आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार १ स्टार ८ स्टार २ ह्यास डायल गर्न सकिन्छ ।

यसैगरी अर्र्काे ७ दिनका लागि १.५ जीबी प्याक ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी ९५ रुपियाँमा सेवा उपलब्ध गराएको जनाएको छ । यो सेवा लिन आफ्नो मोबाइलबाट स्टार १४१५, स्टार १, स्टार १, स्टार ४, ह्याज डायल गर्न सकिन्छ । त्यसै गरी दुई घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक दुई घण्टासम्म असीमित डाटा चलाउन ३० रुपियाँमा सुविधा उपलब्ध गराएको छ यसका लागि आफ्नो मोबाइलबाट स्टार १४१५, स्टार ८, स्टार २, ह्यास डायल गर्न सकिने छ ।

त्यसै गरी ५०० एमबी प्रतिदिनको डाटा प्याक २९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न मिल्नेगरी सेवा उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार १४१५, स्टार १, स्टार ९, स्टार ३, ह्यास डायल गर्न सकिने टेलिकमले जनाएको छ ।
निषेधाज्ञाको समयमा यसले ग्राहकवर्गलाइ फाइदा पुग्ने बिश्वास टेलिकमले लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला