Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

क्योकुसिनका बज्राचार्यको कोभिडबाट निधन



२२ बैशाख, काठमाडौं। क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो ।

गत १६ गते कोरोना संक्रमित भएपछि वज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (कांस्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन् ।

स्व. वज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोसिनामा उनले कांस्य पदक जितेको क्योकुसिन करातेका संस्थापक जगतप्रदान गौचनले जनाएका छन् । २०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका स्व.वज्राचार्य २ पटक आफ्नो तौलसमूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए ।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्ष स्व. वज्राचार्यको २०१२ साल बैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो । स्व. वज्राचार्यका श्रीमति, १ छोरा र २ छोरी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला