-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

एमाले विवाद : ओलीलाई अप्ठ्यारोमा पार्ने यस्तो रणनीतिमा छ माधव समूह



वैशाख २२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । उनको घोषणाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २७ मा संसद अधिवेशन बोलाएकी छिन् ।

संसद अधिवेशन नजिकिँदै गर्दा दलहरुबीच छलफल तथा संवाद बाक्लीन थालेको छ । एकातिर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लगायतबीच छलफल चलिरहेको छ भने अर्कोतरि प्रधानमन्त्री ओलीले जसपाको राजपा समूह र केहि साना दलहरुसँग छलफल चलाईरहेका छन् ।

यस्तोमा नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले भने कस्तो भूमिका खेल्ला सबैका निम्ति चाँसोको विषय बनेको छ । माधव समूहको मतले नै ओलीले आगामी यात्रा तय हुने हुनाले चाँसो बढेको हो ।

के छ माधव समूहको रणनीति ?

ओलीले विश्वासको मत लिने तयारी गर्दै गर्दा माधव समूहको भूमिकालाई निकै चाँसोपूर्वक हेरिएको छ । माधव समूहले ओलीलाई मत देला या नदेला सबैलाई चाँसो छ । पार्टी कारबाहीमा परेको माधव समूहले ओलीलाई सहयोग किन गर्ने कतिपयमा प्रश्न पनि छ ।

एमालेभित्र ओलीले चलाएको कारबाही प्रकरणलाई हेर्दा माधव समूहले मत नदिने सम्भावना देखिन्छ । आफ्नै समूहलाई संकटमा पुर्याएका ओलीलाई माधव समूहले किन र केका लागि सहयोग गर्ने प्रश्न कायमै छ ।

तर, माधव समूहका एक नेताका अनुसार ओलीलाई विश्वासको मत दिनुको विकल्प छैन् । उनका अनुसार संसद बचाउनको निम्ति पनि ओलीलाई विश्वासको मत दिएर जानुपर्ने लाईनमा माधव समूह पुगेको छ ।

संसार न्यूजसँगको कुराकानीमा ती नेताले माधव समूहभित्र ओलीलाई प्रधानमन्त्रीमा कायम राख्ने र संसद बचाउने गरि जाने कोणबाट छलफल चलिरहेको बताए । उनका अनुसार विश्वासको मत नपाए ओलीले लिने आगामी बाटो देश र माधव समूहका लागि झनै अलोकप्रिय छन् ।

‘हामी यो संसदलाई ५ वर्ष नै टिकाउने पक्षमा छौं, पाँच वर्ष टिकाउन केपी ओलीलाई भोट हालेर हामीले बचाईदिनुपर्छ, अहिले हामीले सहयोग गरेनौं भने यो संसद टिक्दैन्’, उनले भनेका छन्, ‘ओली जीको चाहना संसद जसरी पनि विघटन तिर लैजाने भन्ने छ, हामीले भोट हाल्यौं भने यो संसद बाँच्ने स्थीति हुन्छ, बाँचीसकेपछि उनले एक वर्ष केहि पनि चलाउन सक्दैनन् ।’

कारबाही भोग्ने लाईनमा माधव समूह

ओलीले चरणबद्ध रुपमा माधव समूहका नेताहरुलाई कारबाही गर्दैै लगेका छन् । यस्तोमा विश्वासको मत नदिए माधव समूहमाथि थप कारबाही गर्न ओलीलाई सहज हुनेछ ।

तर, कानूनी रुपमा सहज कारबाही हुने गरि अगाडि जान नहुने पक्षमा माधव समूहभित्र छलफल चलिरहेको छ । माधव पक्षका ती नेताले बताएअनुसार विश्वासको मत नदिए वा ‘फ्लोर क्रस’ गरेमा ओलीलाई कारबाही गर्न सहज हुनेछ ।

उनका अनुसार ओलीलाई सहज कारबाहीको ठाउँ नदिन पनि विश्वासको मत दिन आवश्यक छ । ‘मनपरी रुपमै ओलीले हामीलाई कारबाही गरुन भन्ने पक्षमा हामी छौं, हामीलाई कारबाही गरे, लाखौं लाख जनताको बीचमा हामी जान्छौं, लाखौं कार्यकर्ताले हामीलाई सम्मान गर्ने र केपी ओलीलाई घृणा गर्ने स्थीति हुन्छ’, उनले भनेका छन्, ‘त्यो अवस्था राजनीतिक हिसाबले ओलीलाई घाटाको सौदा हुनेछ ।’

ओलीलाई अप्ठ्यारो पार्ने योजनामा माधव समूह

विश्वासको मत दिएको खण्डमा ओलीले सहज रुपमा सत्ता सञ्चालन गर्न सक्नेछन् तर, त्यस्तो अवस्थामा उनका केहि योजना भने असफल हुने माधव पक्षको बुझाई छ । ओली अहिले नै संसद विघटन गर्दै मध्यावधी चुनावमा जान चाहन्छन् । तर, माधव पक्षको मतले त्यो रोकिनेछ । साथै एमालेभित्र माधव समूहले भूमिकालाई थप फराकिलो बनाउँदै लान सक्नेछ ।

अहिले ओली माधव समूहलाई जसरी पनि निकाल्ने योजनामा छन् । उनको योजनालाई असफल बनाउन पनि एमालेभित्रै बसेर संघर्ष गर्नुपर्ने माधव समूहको बुझाई छ । माधव समूहका ती नेताका अनुसार पार्टी विधि र विधानलाई मिच्दै ओलीले गरेका अवैधानिक कदमलाई सच्याउन पनि विश्वासको मत उपयुक्त अवसर हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली