back

स्कारपियो दुर्घटनामा एकको मृत्यु, दुई घाइते

वि.सं.२०७८ वैशाख २२ बुधवार

276 

shares
GLOBAL IME AD
NTC AD

२२ बैशाख, देउखुरी । दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट करीब ८०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए ।

दुर्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएका छन्। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरु जीप रिजर्भ गरेर दाङ फर्कंदै गरेका थिए । राति दुर्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
रासस

वि.सं.२०७८ वैशाख २२ बुधवार १२:४१ मा प्रकाशित

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत...

उद्यम गर्न चाहनेलाई  निर्ब्याजी ऋण दिँदै नगरपालिका

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण दिँदै नगरपालिका

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना...

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले...

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा...