Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान



२२ बैशाख, काठमाडौँ । कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ ।

विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार ५०० बेरोजगार युवालाई होटेल तालीम प्रदान गरेको हो । केन्द्रका प्रमुख कार्यकारी अधिकृत सिइओ देवेन्द्र पोखरेलले केन्द्रले स्थापनादेखि हालसम्म बेरोजगार युवालाई बेकरी, हाउसकिपिङ, वरिष्ट, कुकिङ, बार टेन्डर तथा वेटरलगायत तालीम प्रदान गरिसकेको राससलाई जानकारी दिए ।

“यस केन्द्रमा तालीम लिएका युवाहरु स्वदेश तथा विदेशका विभिन्न होटेल तथा रेष्टुरेन्टमा काम गरिरहेका छन्, तालीम लिएका युवाहरु बेरोजगार बस्नु परेको छैन”, उनले भने। एसोसिएशन नेपाल आकी संस्थाबाट मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा सञ्चालित उक्त संस्थाले आम्दानी गरेको रकम विभिन्न सामाजिक संस्थालाई सहयोगसमेत गर्दै आएको छ । उक्त केन्द्रले गोरखा भूकम्पको समयमा धादिङ तथा गोरखाका ग्रामीण क्षेत्रमा सहयोग गरेको थियो ।

आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क होटेल तालीम प्रदान गर्दै आएको उक्त केन्द्रले तालीम प्रदान गर्नाका साथै इन्टनशिप, डकुमेन्टेशन र जागिरका लागि आवश्यक अन्तर्वार्ताको तयारीसमेत गर्दै आएको सिइओ पोखरेलले बताए। यस्तै, उक्त केन्द्रले होटेल तथा रेष्टुरेन्टमा लगानी गर्न सक्नेलाई आवश्यक परामर्श तथा सहयोग गर्दै आएको छ । केन्द्रले विद्यार्थीलाई होटेल तालीम प्रदान गर्नका लागि आफ्नै लगानीमा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा