२२ बैशाख, युके । लण्डनको होन्स्लो बोरो काउन्सीलको मेयरमा नेपाली मुलका विष्णु बहादुर गुरुङ निर्वाचित हुँदै इतिहास रचेका छन् ।
भुतपूर्व गोर्खा सैनिक समेत रहेका गोरखाका गुरुङ मे ४ मा भएको निर्वाचनमा लेबर पार्टीका काउन्सील प्रमुखमा निर्वाचित भएको त्यहाको निर्वाचन आयोगले जनाएको छ । गुरुङले सत्तारुढ कन्जरभेटिभ पार्टीका उम्मेदवार रन्जित गिललाई पराजित गरेका हुन्
सन् २०१४ मा काउन्सीलर पदमा निार्वाचित भएका गुरुङ एकवर्षपछि उपमेयरको रुपमा काम गरेका थिए ।
होन्स्लो गोरखा नेपाली समाजका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले च्यारिटी संस्था साफा, देवाचन बुद्धिष्ट सेन्टर लगायतका सामाजिक संस्थामा रहेर सामाजिक कामअहरु गर्दै आएका छन् ।
बेलायती राजनीतिमा नेपाली मुलका पहिलो मेयर बनेर गुरुङले इतिहास दर्ज गराएका छन् । उनी सन् २०२१–२२ का लागि मेयरका रुपमा निर्वाचित भएका हुन् ।
बेलायतमा पोखराका लक्ष्य बहादुर गुरुङ लन्डन बरो अफ बार्नेटका उपमेयर रहेका छन् भने पेरिस काउन्सील, टाउन काउन्सील, डिष्ट्रिक काउन्सील लगायतमा झण्डै ७ जना नेपाली काउन्सीलर रहेर काम गरिरहेका छन् ।
वि.सं.२०७८ वैशाख २२ बुधवार १५:३९ मा प्रकाशित






























