back
CTIZAN AD

ममता बनर्जीद्वारा मुख्यमन्त्रीको शपथ

वि.सं.२०७८ वैशाख २२ बुधवार

858 

shares

२२ बैशाख, कोलकाता । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल कांग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी छन । उनी लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री भएकी हुन् ।

मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने बताइन् । बनर्जी पश्चिम बंगालको एक्काइसौं मुख्यमन्त्री छिन् ।

मुख्यमन्त्रीको हेस्टिङ्स कार्यालयमा शपथ ग्रहण कार्यक्रम चलिरहँदा बाहिर सडकमा मुख्य विपक्षी भारतीय जनता पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले आफ्ना दर्जनौं कार्यकर्ताको मुख्यमन्त्री बनर्जीको पार्टीका समर्थकले हत्या गरेको आरोप लगाएका थिए ।

तथापी, शपथ कार्यक्रममा भाजपाका अध्यक्ष जेपी नड्डा र राज्यका पार्टी प्रमुख दिलीप घोष सहभागी भएका थिए ।

मुख्यमन्त्री बनर्जीले कोभिड–१९ संक्रमणलाई नियन्त्रणमा ल्याउन आफूले उच्च प्राथमिकता दिने बताए । साथै उनले राज्यमा शान्ति र अमनचयन कायम गर्न सबै पक्षसँग आग्रह पनि गरिन् ।

पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा निर्वाचनमा बनर्जीको त्रिणमुल कङ्ग्रेसले प्रचण्ड बहुमत हासिल गरेको थियो भने भारतीय जनता पार्टीले दोस्रो स्थान हासिल गरेको थियो । तर नन्दीग्रामबाट चुनाव लड्नु भएकी बनर्जी भने भाजपाका उम्मेदवार शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् ।

पार्टीले बहुमत हासिल गरेपछि तेस्रो पटक मुख्यमन्त्री बनेकी बनर्जीले संविधान बमोजिम छ महिनाभित्र विधानसभाको सदस्य हुनु पर्नेछ ।
रासस

वि.सं.२०७८ वैशाख २२ बुधवार १५:५६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...