२२ वैशाख, काठमाडौं । नेपालमा संचालमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये चारवटा जीवन बीमा कम्पनीले चालु आर्थिक बर्ष २०७७/७८ को तेस्रो त्रैमासिक चैत्रसम्मको आफ्नो बित्तिय विवरण सार्बजनिक गरेका छन् । वित्तिय विवरण सार्बजनिक गरेका कम्पनीहरुले राम्रै आम्दानी गरेको देखिएकाे छ ।
प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म २५ प्रतिशतले नाफा बृद्धि गरेको छ ।
प्राईम लाईफ इन्स्योरेन्स कम्पनी
प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म २५ प्रतिशतले नाफा बृद्धि गरेको छ । उसले २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको सोहि अबधिमा कम्पनीको नाफा १८ करोड ३० लाख ९२ हजार रुपैंयाँ रहेको थियो । त्यस्तै चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा कम्पनीको नाफा १९ करोड ३६ लाख ५७ हजार रहेको थियो । अघिल्लो त्रैमासिक पुसको भन्दा अहिलेको नाफा १८ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले बिमा शुल्क आम्दानीमा पनि उल्लेख्य बृद्धि गरेको छ । उसले चैत्रसम्ममा ३ अर्ब ७ करोड ६६ लाख ८ हजार खुद बिमा शुल्क आम्दानी गरेको थियो । गत बर्षको सोहि अबधिको भन्दा यो झण्डै साडे ३७ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले दाबी भुक्तानी पनि उल्लेख्य गरेको छ । चैत्र मसान्तसम्म कम्पनीले भुक्तानी गरेको कुल दावी रकम रु ८७ करोड ३१ लाख ४४ हजार रुपैंयाँ रहेको छ । अघिल्लो बर्ष यो रकम ५० करोड ३६ लाख ५१ लाख रुपैंया रहेको थियो ।
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म ७.२९ प्रतिशतले नाफा बृद्धि गरेको छ ।
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म ७.२९ प्रतिशतले नाफा बृद्धि गरेको छ । उसले ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको उसले प्रकासित गरेको बित्तिय विवरणमा उल्लेख छ । गत आर्थिक बर्षको सोहि अबधिमा कम्पनीको नाफा ६ करोड १३ लाख ९२ हजार रुपैंयाँ रहेको थियो । त्यस्तै चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा कम्पनीको नाफा ५ करोड ७८ लाख ९९ हजार रहेको थियो । अघिल्लो त्रैमासिक पुसको भन्दा अहिलेको नाफा झण्डैं १४ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले बिमा शुल्क आम्दानीमा पनि उल्लेख्य बृद्धि गरेको छ । उसले चैत्रसम्ममा ४ अर्ब १४ करोड ५३ लाख ३६ हजार खुद बिमा शुल्क आम्दानी गरेको छ । गत बर्षको सोहि अबधिको भन्दा यो झण्डै साडे १४९.५१ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले दाबी भुक्तानी पनि उल्लेख्य गरेको छ । चैत्र मसान्तसम्म कम्पनीले भुक्तानी गरेको कुल दावी रकम रु २३ करोड ६४ लाख ८८ हजार रुपैंयाँ रहेको छ । अघिल्लो बर्ष यो रकम १ करोड ६७ लाख ९० हजार रुपैंया रहेको थियो ।
आईएमइ लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म २.०३ प्रतिशतले नाफा बृद्धि गरेको छ ।
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी
आईएमइ लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म २.०३ प्रतिशतले नाफा बृद्धि गरेको छ । उसले १० करोड १ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको उसले प्रकासित गरेको बित्तिय विवरणमा उल्लेख छ । गत आर्थिक बर्षको सोहि अबधिमा कम्पनीको नाफा ९ करोड ८१ लाख ३७ हजार ९०३ रुपैंयाँ रहेको थियो । त्यस्तै चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा कम्पनीको नाफा ७ करोड ४० लाख ५१ हजार १२६ रुपैंयाँ रहेको थियो । अघिल्लो त्रैमासिक पुसको भन्दा अहिलेको नाफा झण्डैं ३५.२२ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले बिमा शुल्क आम्दानीमा पनि उल्लेख्य बृद्धि गरेको छ । उसले चैत्रसम्ममा १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ खुद बिमा शुल्क आम्दानी गरेको छ । गत बर्षको सोहि अबधिको भन्दा यो झण्डै साडे ११३.१३ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले दाबी भुक्तानी पनि उल्लेख्य गरेको छ । चैत्र मसान्तसम्म कम्पनीले भुक्तानी गरेको कुल दावी रकम रु ४९ करोड ४४ लाख ५८ हजार रुपैंयाँ रहेको छ । अघिल्लो बर्ष यो रकम ७ करोड ७४ लाख ७१ हजार रुपैंया रहेको थियो ।
ज्योती लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म झण्डै ५ प्रतिशतले नाफा बृद्धि गरेको छ ।
ज्योती लाईफ इन्स्योरेन्स कम्पनी
ज्योती लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म झण्डै ५ प्रतिशतले नाफा बृद्धि गरेको छ । उसले १२ करोड ७ लाख ७१ हजार ८२० रुपैयाँ खुद नाफा कमाएको उसले प्रकासित गरेको बित्तिय विवरणमा उल्लेख छ । गत आर्थिक बर्षको सोहि अबधिमा कम्पनीको नाफा ११ करोड ५१ लाख ४२ हजार ७४६ रुपैंयाँ रहेको थियो । त्यस्तै चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा कम्पनीको नाफा १० करोड ७८ लाख ७१ हजार ३६७ रुपैंयाँ रहेको थियो । अघिल्लो त्रैमासिक पुसको भन्दा अहिलेको नाफा झण्डैं १२ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले बिमा शुल्क आम्दानीमा पनि उल्लेख्य बृद्धि गरेको छ । उसले चैत्रसम्ममा २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ खुद बिमा शुल्क आम्दानी गरेको छ । गत बर्षको सोहि अबधिको भन्दा यो झण्डै साडे १०१ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले दाबी भुक्तानी पनि उल्लेख्य गरेको छ । चैत्र मसान्तसम्म कम्पनीले भुक्तानी गरेको कुल दावी रकम रु १० करोड ११ लाख ५२ हजार ६० रुपैंयाँ रहेको छ । अघिल्लो बर्ष यो रकम ८९ लाख ५९ हजार ६० रुपैंया रहेको थियो ।
वि.सं.२०७८ वैशाख २२ बुधवार १६:१८ मा प्रकाशित






























