२२ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गल्याङका ५० वर्षीय र पर्वतका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
निर्देशनालयका अनुसार स्याङजाको गल्याङनगरपालिका ११ का ५० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार बेलुका ९ः५० मा मृत्यु भएको हो । उनमा बैशाख १८ गते कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै पर्वतको जलजला गाउँपालिका ७ का ८४ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पतालमा उपचारकमा क्रममा मंगलबार बेलुका ८ः१५ मा मृत्यु भएको हो । उनमा मंगलबारै कोरोना पुष्टि भएको थियो ।
मंगलबार थपिएका २ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ५०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज थपिएका ५०६ जनासँगै प्रदेशमा हालसम्म २० हजार ४०९ जना संक्रमित भइसकेको पनि निर्देशनालयले जनाएको छ ।
वि.सं.२०७८ वैशाख २२ बुधवार १६:२३ मा प्रकाशित