Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

२४ घण्टामा ८६५९ संक्रमित, ५८ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ६६ हजार नाघ्यो



२२ बैशाख, काठमाडौं । नेपालमा आज देशैभरी पिसीआर विधिबाट ८ हजार ६०५ र ऐन्टिजेन विधिबाट ५४ गरी जम्मा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको २० हजार ७५६ पिसीआर र ६१६ ऐन्टिजेन परीक्षणमा ८ हजार ६५९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौंमा ३,८४९ गरी उपत्यकामा ४ हजार ८२५ जना संक्रमित थपिएका छन् ।
आज थपिएका ८,६५९ जनासँगै हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।

त्यस्तै आज १९९३ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १९९३ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ । हालसम्म निको हुनेको दर ८०.६ प्रतिशत रहेको छ ।

त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ६०० जना संक्रमितको उपचार भइरहेको छ भने ती मध्ये १५६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज देशैभरी ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ५८ जनासँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३४७५ पुगेको छ ।

त्यसैगरी हाल देशैभरी ६६ हजार २५२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४ हजार ७६४ संस्थागत आइसोलेशनमा रहेका छन् भने ६१ हजार ५८८ होम आइसोलेशनमा रहेका छन् । हाल देशैभरीका क्वारेन्टिनमा ३८१ जना रहेका छन् ।

आज देशैभरी ७,६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा