२३ वैशाख, काठमाडौँ । भ्याक्सिन लगाएको छु भन्दैमा आफूलाई सुरक्षित छु नठान्नुहोला भन्दै सामाजिक सञ्जालमार्फत सबैलाई सचेत गराएका युवराज पाठक(U Raj Pathak) को कोरोनाकै कारण निधन भएको छ ।
लामो समय वैदेशिक रोजगारका क्रममा कतारमा काम गरेर फर्किइ हाल काठमाडौँमा रहँदै आएका पाठकको बिहिबार ओम अस्पतालमा उपचारकै क्रममा निधन भएको जनाइएको छ ।
केही दिनअघि मात्र उनले आफू लगायत श्रीमती, आमा र एउटा छोरालाई समेत कोरोना संक्रमण भएको स्टाटसमार्फत जानकारी गराएका थिए । उनले आमा, आफू र श्रीमतीले कोरोना विरुद्धको पहिलो डोज लगाएको जानकारी गराउँदै भ्याक्सिन लगाएको छु भन्दैमा सुरक्षित भएँ भन्ने नठान्न सबैलाई अनुरोध गरेका थिए ।
उनले आफू संक्रमित भएको कुरा सामाजिक सञ्जालमा नलेख्दा पनि हुने भएपनि सचेतनाका लागि स्टाटस लेखेको उल्लेख गर्दै भनेका छन् ‘हुन त आफु बिरामी परेको बिषय सामाजिक संजालमा नलेख्दा पनि हूनेथियो तर पनि कोहिपनि साथीहरु covid को vaccine लगाउदैमा कोरोनाबाट सुरक्षित हुन्छु भनेर साबधानि अपनाऊँनू बाट नचूकूँन भन्ने मनसायले यो जानकारी राखेको हु।’
उनले सावधानी अपनाउनका साथै कोभिड सम्बन्धि केही लक्षण देखिएमा तुरुन्त पिसिआर परीक्षण गर्न तथा डाक्टरको परामर्श लिन अनुरोध समेत गरेका छन् ।
उनले स्टाटसमा लेखका छन् :
‘अनेकौ साबधानी अपनाउदा अपनाउदै पनि कोभिड-१९ को दोश्रो लहरबाट अछुतो रहन सकियन । म लगायत श्रीमती, आमा (६५ बर्ष) को र कान्छो छोरा (८ वर्ष) लाइ कोभिड-पोजीटीभ देखियको छ। अझ त्यसमा पनि आमाले (covishield – Indian ) को first dose लि सक्नुभाको तथा हामी श्रीमान श्रीमती ले Chinese vaccine (VEROCELL ) को first dose लगाई सकेका थियौ। हामीलाई (श्रीमान र श्रीमती) mild symptoms देखियको छ भने आमा र छोरालाइ symptoms देखियको छैन।
हुन त आफु बिरामी परेको बिषय सामाजिक संजालमा नलेख्दा पनि हूनेथियो तर पनि कोहिपनि साथीहरु covid को vaccine लगाउदैमा कोरोनाबाट सुरक्षित हुन्छु भनेर साबधानि अपनाऊँनू बाट नचूकूँन भन्ने मनसायले यो जानकारी राखेको हु। अन्त्यमा बिगत १ हप्तामा म लगाएत हाम्रो परिवारसंग भेटघाट भएका महानभावहरुलाई बिषेस साबधानी अपनाउन र केहि कोभिड सम्भंधि लक्षण देखियमा तुरुन्त PCR TEST गर्न तथा Doctor को परामर्षलिन हुन हार्दिक अनुरोध गर्दछ। धन्यबाद।’
वि.सं.२०७८ वैशाख २३ बिहीवार ०७:३५ मा प्रकाशित






























